अब १८ लाखमै तयार हुने भयो २ तले घर

नेपालमा २०७२ सालको भूकम्प पछि भूकम्प प्रतिरोधी एवं उच्च प्रविधियुक्त घर बनाउन शुरु गरेका छन् । निर्माण सामाग्रीमा बढ्दो महँगीसँगै सस्तोमा घर बनाउने उपायको खोजीमा मानिसहरु लागेका छन् । हालै मात्र पन्चकन्या समुहले नेपालमा पहिलो पटक ‘स्टक्चर स्टिल’ को नामबाट ग्याल्भनाइज स्टिलको उत्पादन गरेर आकर्षक घर बनाउने नयाँ प्रविधि भित्र्याएको छ । भूकम्पीय जोखिम भएका अन्य विभिन्न देशहरुले ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् । ग्याल्भनाइज निकै स्टिल हलुका हुने भएकोले एक ठाउँबाट अर्को ठाँउसम्म ढुवानी गर्न सहज हुन्छ । यस प्रविधिबाट तपाईको जग्गा र अवश्यकता अनुसार ४ तलासम्मको घर निर्माण गर्न सकिन्छ । मूल्य र निर्माण अवधि ? कम्पनीले यसको न्यूनतम मूल्य प्रति वर्गफिट २२०० रुपैंया देखि शुरु हुने जनाएको छ । यस मूल्य अनुसार १३०० स्वायर फिटको २ तले घर बनाउँदा करिब १८ लाख रुपैयाँ खर्च लाग्नेछ । निर्माण खर्चमा ३० प्रतिशत कम पर्ने यसको आयु ५० वर्षसम्म हुने कम्पनीको दाबी छ । सामान्यतयः २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने यस्ता घरको डिजाइन तुरुन्तै परिवर्तन गर्न स…
Read more
  • 1