Share

नेपालमा २०७२ सालको भूकम्प पछि भूकम्प प्रतिरोधी एवं उच्च प्रविधियुक्त घर बनाउन शुरु गरेका छन् । निर्माण सामाग्रीमा बढ्दो महँगीसँगै सस्तोमा घर बनाउने उपायको खोजीमा मानिसहरु लागेका छन् । हालै मात्र पन्चकन्या समुहले नेपालमा पहिलो पटक ‘स्टक्चर स्टिल’ को नामबाट ग्याल्भनाइज स्टिलको उत्पादन गरेर आकर्षक घर बनाउने नयाँ प्रविधि भित्र्याएको छ ।

भूकम्पीय जोखिम भएका अन्य विभिन्न देशहरुले ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् । ग्याल्भनाइज निकै स्टिल हलुका हुने भएकोले एक ठाउँबाट अर्को ठाँउसम्म ढुवानी गर्न सहज हुन्छ । यस प्रविधिबाट तपाईको जग्गा र अवश्यकता अनुसार ४ तलासम्मको घर निर्माण गर्न सकिन्छ ।

मूल्य र निर्माण अवधि ?

कम्पनीले यसको न्यूनतम मूल्य प्रति वर्गफिट २२०० रुपैंया देखि शुरु हुने जनाएको छ । यस मूल्य अनुसार १३०० स्वायर फिटको २ तले घर बनाउँदा करिब १८ लाख रुपैयाँ खर्च लाग्नेछ । निर्माण खर्चमा ३० प्रतिशत कम पर्ने यसको आयु ५० वर्षसम्म हुने कम्पनीको दाबी छ । सामान्यतयः २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने यस्ता घरको डिजाइन तुरुन्तै परिवर्तन गर्न सकिने र आगलागी तथा भूकम्पको जोखिमसमेत रहँदैन ।

के आफूले चाहेको जस्तो बनाउन सकिन्छ ?

यस प्रविधिबाट सबैखाले घरहरु बनाउन सकिन्छ । गाउँघरका पुराना शैलीका घर देखि शहरका आधुनिक घरहरुसमेत निर्माण गर्न सकिन्छ । यसबाट औद्योगिक भवन, विद्यालय भवन, हस्पिटल, रेष्टुरेन्ट एण्ड बार, पार्टी प्यालेस आदि जस्ता पूर्वाधारहरु सजिलै निर्माण गर्न सकिन्छ । कम्पनीले हालसम्म अरुण तेस्रो आयोजनाको फार्म हाउस देखि १०० भन्दा बढी घरहरु यस प्रविधिबाट निर्माण गरिसकेको छ ।

One response to “अब १८ लाखमै तयार हुने भयो २ तले घर”

Leave a Reply

4 × one =

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.